साग फुटबल: नेपालको शानदार जित, भुटान ४–० गोलले पराजित

साग फुटबल: नेपालको शानदार जित, भुटान ४–० गोलले पराजित

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० अन्तर्गत पुरुष फुटबल प्रतियोगितामा नेपालले शानदार जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो ।

प्रधानमन्त्रीको भिडियो सन्देशले उब्जाएका प्रश्न

पहिलो हाफमा नेपालले एक गोल गरेको थियो । खेल सुरु भएको ५ मिनेटमा नै कप्तान सुजल श्रेष्ठले नेपालको तर्फबाट खाता खोलेका थिए । ५०औं मिनेटमा पनि नेपालका लागी सुजलले नै दोस्रो गोल गरेका थिए ।

खेलको ६६औं मिनेटमा अभिषेक रिजालले तेस्रो, खेलको ७६ मिनेटमा मिक्छेन तामाङले चौथो गोल गरेका थिए । भुटानले केही मौका पाए पनि गोल गर्न भने सकेन ।

पहिले खेल माल्दिभ्ससँग गोलरहित बराबरी खेलेर अङ्क बाँडेको नेपाल बङ्गलादेशलाई १–० ले पाखा लगाएर आएको भुटानमाथि जित निकालेको हो ।

प्रतिक्रिया