बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

सप्तरी  मंसिर २५ । एक महिलालाई बलात्कार गर्न खोजेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिकाका वडाध्यक्ष पक्राउ परेका छन्। वडा–१२ का वडाध्यक्ष लक्ष्मी साहलाई जिल्ला प्रहरीको टोलीले बुधबार बिहान पक्राउ गरेको हो। स्थानीय एक महिलाले आफुलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले बताए। साहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय राजविराजमा राखिएको छ। annapurnapost

प्रतिक्रिया