अध्ययनको निष्कर्ष: दाह्री भएको पुरुष मन पराउँछन् महिलाहरू

अध्ययनको निष्कर्ष: दाह्री भएको पुरुष मन पराउँछन् महिलाहरू

विराटनगर । पुरुषत्त्वको परिचयक मानिने दाह्री अहिले युवापुस्तामा फेसन बनेको छ । धेरैजसो पुरुषहरूले अचेल दाह्री पालेकै देखिन्छ । काट्न अल्छी भएका कारण पालिने दाह्री अहिले कतिपयले फेसन, शौखका लागि समेत पाल्ने गरेको पाइन्छ । आजभोलि महिलाहरू दाह्री भएको पुरुषप्रति धेरै आकर्षित हुने अध्ययनमा उल्लेख गरिएको छ ।

फेसनमा मात्र नभएर अब रिलेसनशीप ट्रेन्डमा पनि परिवर्तन हुँदै गइरहेको हुँदा महिलाहरू क्लिन सेभको साटो दाह्री भएका पुरुषतर्फ बढी आकर्षित भएका हुन् । अध्ययनकर्ताहरूले लाइफस्टाइललाई लिएर गरिएको एक अध्ययनमा केटी र महिलालाई क्लिन सेव गर्ने केटाभन्दा दाह्री भएको पुरुषप्रति बढी आकर्षण हुने खुलासा भएको छ ।

अध्ययनका अनुसार जुन पुरुषको दाह्री हुन्छ, तिनीहरूले लामो समयसम्म सम्बन्ध निभाउँछन् भन्ने खुलाउँछ । त्यस्ता पुरुष जो आफ्नो दाह्रीलाई सही तरिकाले स्याहार गर्न सक्छन् उनीहरूले लामो समयसम्म सम्बन्ध निभाउँछन् । महिला तथा केटीहरू पनि आफ्नो सम्बन्धलाई लिएर त्यस्ता केटा र पुरुषमाथि बढी विश्वास गर्छन् जसको राम्रो व्यक्तित्त्व हुन्छ ।

८ हजार ५०० महिलामाथि गरिएको अध्ययनमा केही यस्ता पुरुषको फोटो राखिएको थियो जसले दाह्री पालेका र काटेका थियो । अध्ययनमा सहभागी महिलाहरूलाई फोटो हेरेर बोईफ्रेन्ड छनौट गर्नका लागि भनिएको थियो भने सबै महिलाले दाह्री भएको पुरुषलाई मन पराएका थिए ।

महिलाले दाह्री भएको पुरुषमाथि धेरै विश्वास गर्ने र विवाह योग्य ठान्ने गरेको अध्ययनमा उल्लेख गरिएको छ । हल्का दाह्रीबाला पुरुषलाई महिलाले पूरै दाह्री र क्लिनसेव पुरुषको तुलनामा बढी आकर्षित माने गरेको अध्ययनमा भनिएको हो ।

प्रतिक्रिया