बेचबिखनमा परेका २ हजार ८ सय ६७ जनाको उद्दार

बेचबिखनमा परेका २ हजार ८ सय ६७ जनाको उद्दार

काठमाडौं : सन् २०१९ मा मानव बेचबिखनमा परेका २ हजार ८ सय ६७ जनाको उद्दार माइती नेपालले गरेको छ । सन् २०१९ को जनबरीदेखि डिसेम्बरसम्म नेपाल,भारत सीमा तथा अन्य देशबाट बेचिएका लगभग ३ हजार मानिसको उद्दार गरिएको हो ।

दिन प्रतिदिन बढ्दै गएको मानव बेचबिखन तथा ओसारपसारले विकराल रूप लिन थालेको माइती नेपालका अध्यक्ष विश्वराम खड्का बताउँछन् । मंगलबार माइती नेपालमा भएको एक कार्यक्रममा बोल्दै उनले माइती नेपालले सन् २०१९ को जनबरीदेखि डिसेम्बरसम्म महिला तथा बालबालिका लगायत अन्य हिंसामा परेका व्यक्तिहरूको हकमा विभिन्न कार्य गरेको बताए । 

उनले नेपाल भारत सिमानाबाट २ हजार ४ सय ८५ जना, भारतबाट बेचबिखनमा परि श्रम तथा यौन शोषणमा रहेका ३ सय २२ जना, खाडीबाट १६ जना र आन्तरिक बेचबिखनबाट ४४ जना उद्धार गरेको जानकारी दिए । खोजतलास तथा उद्धारका लागि  १ हजार ८ सय ६७ निवेदन परेकोमा ४ सय ३५ जनालाई फेला पारेको उनले बताए । यस्तै १ हजार ३ सय ८४ जनालाई नेपाल भारतको सीमा नाकाबाट परामर्श दिइ सुरक्षित घर फर्काइएको र २ लाख ४८ हजार ६ सय ४३ वटा यातायातका साधनमा निगरानी गरेको उल्लेख गरे ।

प्रतिक्रिया