टोल टोल र विद्यालयमा स्टेचर

टोल टोल र विद्यालयमा स्टेचर

दैलेख : स्टेचर प्रदान गर्दै वडाध्यक्ष गगनबहादुर रोकामगर ।

दैलेख पुष १६ । नौमूले गाउँपालिका–३ द्वारीका विभिन्न बस्ती र विद्यालयमा स्टेचर वितरण गरिएको छ । कोरियन रेडक्रसको सहयोगमा रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखद्वारा सञ्चालित समावेशी खानेपानी सरसफाई तथा स्वच्छता प्रर्वद्धन परियोजनाले स्टेचर वितरण गरेको हो । परियोजनाले ९ वटा बस्ती, ९ वटा विद्यालय र स्वास्थ्य चौकीलाई २ वटा गरी २० वटा स्टेचर वितरण गरेको हो ।
नौमूले गाउँपालिका–३ का वडाध्यक्ष गगनबहादुर रोकामगर र रेडक्रस जिल्ला सभापति खेमराज केसीले एक कार्यक्रमका बिच समुदाय, विद्यालय र स्वास्थ्य चौकीलाई स्टेचर हस्तान्तरण गरे । सबै टोल र बस्तीमा यातायातको सहज पहुँच नपुगेकोले गर्भवती, सुत्केरी, बिरामी र विपद्का घटनामा घाइते भएकालाई तत्काल सडकसम्म वा अस्पतालसम्म पु¥याउन स्टेचर आवश्यक पर्ने भएकाले स्टेचर वितरण गरिएको हो ।
गत पुषमा द्वारीमा समयमै स्वास्थ्य चौकी पु¥याउन नसक्दा गर्भवती महिलाको ज्यान गएको थियो । ‘समयमै जानकारी पाएनौ, पाएपछि लैजान सकेनौ, स्थानिय तुल्सी रेगामीमगरले भनिन् ‘गाउँमा समयमै स्टेचर पाइएन फलस्वरुप अकालमा गर्भवती महिलाको ज्यान गयो ।’ स्टेचरकै अभावमा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता हटेर जाने उनले बताइन् ।
यस्तै द्वारीका चार सय १६ घरपरिवारलाई सरसफाईका सामग्रीहरु वाल्टिन, हातधुने सावुन लगाएत प्रदान गरिएको छ । स्वास्थ्य चौकीमा प्रयोग गरिएका सिरिन्ज लगाएतका सामग्रीहरु नष्ट गर्न अत्याधुनिक इन्सुनेरेटर प्रदान गरिएको छ । कार्यक्रममा वडाध्यक्ष रोकामगरले दुर्गमका नागरिकहरुले स्टेचरको प्रत्यक्ष लाभ लिने बताए । उनले स्थानीयलाई स्वास्थ्य सरसफाईसँगै तरकारी खेतीमा जोड्नुपर्ने बताए ।

प्रतिक्रिया