‘अपहेलित महिनावारी’

‘अपहेलित महिनावारी’

दैलेख पुष २४ । प्रजनन उमेरमा स्वस्थ महिलामा हुने प्राकृतिक चक्र नै महिनावारी हो। तर, महिनावारीको बेला महिलाहरु अपहेलित हुनुपरेको दैलेखका सरोकारवालाहरुले बताएका छन् । नारायण नगरपालिका, स्वास्थ्य शाखाद्धारा आयोजित परिवार योजना तथा प्रजनन् स्वास्थ्य कार्यक्रम अन्तरगर्त महिनावारी सचेतना सम्बन्धि सरोकारवाला अन्तरक्रियामा सरोकारवालाहरुले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागिहरुले पुरुषभन्दा महिलाबाटै महिनावारी बार्न दबाब हुने गरेको उनको अनुभव सुनाए ।

नारायण नगरपालिकाका विभिन्न क्षेत्रमा महिनावारी हुँदा बस्ने छुट्टै छाउगोठ नभएपनि महिनावारी बार्ने चलन छ । सरोकारवालाहरुले महिनावारीलाई धर्मसँग जोडेर छलफल गर्नुभन्दा पनि स्वास्थ्य र सरसफाईको विषयलाई जोडेर सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले मर्यादित महिनावारीमा जोड दिए । अन्तरक्रियामा महिनावारी स्वच्छता, महिनावारी हुँदा गरिने जोखिमपूर्ण व्यवहारले गर्ने असर लगाएतका विषयमा छलफल गरिएको थियो ।

प्रतिक्रिया