भुकम्प सुरक्षा दिवसमा साताव्यापी कार्यक्रम

भुकम्प सुरक्षा दिवसमा साताव्यापी कार्यक्रम

दैलेख पुष २२ । दैलेखमा २२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अबसरमा साताव्यापी कार्यक्रम सुरु गरिएको छ । भुकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार भन्ने नारा सहित साता व्यापी कार्यक्रम सुरु गरिएको हो । साताव्यापी कार्यक्रम अन्तरगर्त शुक्रवार दैलेख सदरमुकाममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति, नारायण नगरपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेख र एभरेष्ट क्लब दैलेखको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिद्धारा आयोजित कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले राष्ट्रिय भवन संहिताको परिचय र भुकम्प प्रतिरोधी भवन निर्माणको प्रविधिबारे जानकारी गराएका थिए । यस्तै नेपाली सेनाको इन्द्रदल गुल्मले भुकम्पबाट बच्ने उपाएहरुबारे जानकारी गराएका थियो ।
कार्यक्रममा कर्णाली प्रदेश सांसद अम्मरबहादुर थापाले भुकम्पले पु¥याउन सक्ने धनजनको क्षती कम गर्न पूर्व सर्तकता अपाउनुपर्ने बताए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा भएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिको निणर्य अनुसार दिवसको अबसरमा माघ २ गतेसम्म साताव्यापी कार्यक्रम गरिनेछ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको संयोजनमा रेडियो संवाद कार्यक्रम, नौमूले, भैरबी र भगवतीमाई गाउँपालिकामा भुकम्प सम्बन्धि सचेतना कार्यक्रम गरिनेछ । माघ २ गते दैलेख सदरमुकामको गणेशचोक देखि चेतनामुलक कार्यक्रम सहित ¥याली आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया