नवजात शिशुको बेवारिसे शव फेला

नवजात शिशुको बेवारिसे शव फेला

दैलेख पुष २९ । चामुण्डा विन्द्रासैनी नगरपालिका–२ चाल्नेको जंगलमा सोमवार राती नवजात शिशुको वेवारीसे शव फेला परेको छ ।असुरक्षित गर्भपतन गराई कार्टुनमा हालेर फालेको अवस्थामा शिशुको शव फेला परेको नगरपालिकाकी उप प्रमुख तारा शाहीले जानकारी दिईन् ।

करीव ७–८ महिनाको गर्भमा रहेको शिशुको शव भेटिएपछि स्थानियले प्रहरीमा खवर गरेको र ईलाका प्रहरी कार्यालय दुल्लुबाट गएको प्रहरी टोलीद्धारा शिशुको शव दुल्लु अस्पतालमा ल्याईएको प्रहरी निरीक्षक नैनवहादुर सावदले बताए । उक्त शिशुको शव कसले फालेको हो भन्ने बारे आवश्यक अनुसंधान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया