आज देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, शनिबारदेखि मौसममा सुधार हुने
![आज देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, शनिबारदेखि मौसममा सुधार हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/WEATHER_TITLE_j9vbbMonlz_hSd8SOfk9j_4kk7hla0me4qn7d2rycjrxo9vqyuupwkczo6vo9ssxknwvlnit6em9r38pyz.jpg)
काठमाण्डौ । आज देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको असरले काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनु भयो । उहाँका अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइ सकेको छ ।
बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले बेलुकीसम्ममा पूर्वमा पनि पानी र हिउँ पार्ने उहाँले बताउनु भयो । तर लगातार झरीको सम्भावना भने छैन ।
आज र भोलि देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने र खुलिहाले पनि फेरि बादल लागि हाल्ने सम्भावना छ । शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् मानन्धरले जानकारी दिनु भयो ।
प्रतिक्रिया