नेपाल युवा परिषद दैलेखको संयोजकमा थापा

नेपाल युवा परिषद दैलेखको संयोजकमा थापा

दैलेख । नेपाल युवा परिषद् दैलेख जिल्ला स्तरिय समिति गठन गरिएको छ । शनिवार यहाँ आयोजित एक भेलाबाट रेखा थापाको संयोजकत्वमा १३ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । १८ बर्ष माथि र ४० बर्ष नकटेका युवाहरुको भेलाबाट ११ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी जिल्ला युवा समिति गठन गरिएको हो ।

समितिको सह–सयोजकमा टोपेन्द्र केसी, महा–सचिवमा भुपेन्द्र बिसी, सचिवमा रविन्द्र कुमार बुढा, कोषाध्यक्षमा खम्बीरा कुमारी बुढा, कार्यक्रम संयोजकमा जङ्ग बोगटी, सदयहरुमा कृष्णप्रसाद अधिकारी, योगेश रावल, भवानी केसी, भगवती कुमारी हमाल,स्मृती शाही गोमा अधिकारी, रमेश बहादुर सिंह रहेका छन् ।

भष्ट्राचार न्युनिकरण विकास निर्माणका काम लगाएतका क्षेत्रमा युवाहरुको उल्लेखिय सहभागिता हुनुपर्ने भए पनि युवा शक्ति विदेशी भुमीको श्रम गर्न बाध्य भईरहेका बेला पर्यटन, उद्यमशीलता, उद्योग, कृषिको आधुनिकीकरण, प्राकृतिक स्रोतको संरक्षण तथा व्यवस्थापनका विषयमा युवाहरुलाई जनगरुक गराउँने उदेश्य सहित समिति गठन गरिएको हो । जिल्लामा गठन गरिएको युवा समितिले आउँदा दिनहरुमा युवा लक्षित कार्यक्रमहरु सञ्चालन गरिने संयोजक रेखा थापाको भनाई छ । थापाले स्थानिय तहहरुमा समेत युवा समिति गठन गरिने जानकारी दिइन् ।

प्रतिक्रिया