कुकुरले बालकको लिंग खाइदिएपछि…

कुकुरले बालकको लिंग खाइदिएपछि…

कालिकोट माघ १४ । कालिकोटमा आफ्नै घरमा पालेको कुकुरले बच्चाको लिंग खाइदिएको छ। जिल्लाको रास्कोट नगरपालिका-३ साँगाटिया गाउँमा आफ्नै घरमा पालेको कुकुरले करिब ३ महिने बालक अनिवास दर्जीको लिंग खाइदिएको हो। बालक गम्भीर घाइते छन्।

घरमा कोही नभएको बेला आफ्नै घरमा पालेको कुकुरले बालकलाई खेलाई खेलाई लिंग खाइदिएर गम्भीर घाइते बनाएको हो। हर्ष दर्जी र संगीता दर्जीका छोराको घरमै पालेको कुकुरले आइतबार डोकामा सुतिरहेको अवस्थामा बालकको लिंग लगायत अन्य ठाउँहरुमा पनि टोकेको छ। बालकको अवस्था गम्भीर छ। गाउँमा उपचार नहुँने भनेपछि उनको थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ। आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारमा समस्या भएको बुवा हर्ष दर्जीले बताए । ‘परिवारमा औषधि उपचार गर्ने आम्दानीको स्रोत छैन्’, उनले भने, ‘अब के गर्ने, कसरी उपचार गर्ने ?’

उनले सन्तान बचाउन चाहेको तर आर्थिक अवस्था कमजोर हुँदा कठिन भएको गुनसो गरे। ‘म मेरो सन्तानलाई बचाउन चाहान्छु’, उनले भने, ‘छोराको उपचारका लागि सहयोग गरिदिन सबैलाई आग्रह गर्छु।’

रास्कोट नगरपालिका प्रमुख कासीचन्द्र बरालले बालकको उपचार खर्चका लागि नगरपालिकाले पनि सक्दो सहयोग गर्ने बताए। उनले भने, ‘अहिले जसरी पनि बालकको ज्यान जागाउनु मुख्य कुरा हो’, उनले भने, ‘नगरपालिकाबाट पनि सहयोग गर्छौ। अन्य सरोकारवालाहरुलाई पनि सहयोग गर्नका लागि अनुरोध गर्दछु।’ अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया