विद्यालयको डीपिआर अनुसार भौतिक विकासमा सहयोग गरिने

विद्यालयको डीपिआर अनुसार भौतिक विकासमा सहयोग गरिने

दैलेख माघ १६ ।
कर्णाली प्रदेश सभाका सदस्य सुशिलकुमार थापाले बिद्यालयको डीपीआर अनुसार भौतिक विकासमा सहयोग गर्ने बताएका छन् ।दैलेखको दुल्लू नगरपालिका–२ काफलमेलास्थित भानेश्वर माध्यमिक बिद्यालय नाउलेकटुवालको ५८ औं वाषिर्कोत्सव समारोहमा उनले उक्त कुरा बताएका हुन् । विद्यालयका शैक्षिक गुणस्तर र लगानशीलता मापन गरेर उत्कृष्ट विद्यालयलाई बढी सहयोग गर्ने उनको भनाई छ ।
दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले नगरमै पहिलो पटक आवाशीय कक्षा सुरु गरेकोमा बधाई दिंदै प्राविधिक धार संचालनको दक्षता बढाउन नगरपालिकाले सघाउने प्रतिवद्धता जनाए ।
त्यसबखत द्रोणाञ्चल शिक्षा क्याम्पस व्यवस्थापन समितिका पूर्व अध्यक्ष बरुनाथ योगी, विद्यालय व्यवस्थापन समितिका सदस्य शक्ति खड्का, विद्यालयका प्रधानाध्यापक ललितप्रसाद पोखरेलले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य चन्द्रा नेपाली, दुल्लु नगरपालिकाका उपप्रमुख बिष्णु थापा, द्रोणाञ्चल शिक्षा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तिलक रिजाल लगायतको उपस्थिति थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जीतेन्द्र थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारी, शिक्षक र समाजसेवीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया