दिनमा १० मिनेट हाँस्नुपर्छ,खुलेर हाँस्नेहरूमा हृदयाघातको जोखिम कम

दिनमा १० मिनेट हाँस्नुपर्छ,खुलेर हाँस्नेहरूमा हृदयाघातको जोखिम कम

व्यस्त दिनचर्या र तनावका कारण आजभोलि मानिस खुलेर हाँस्दैनन्। भनिन्छ– ‘लाफ्टर इज द बेस्ट मेडिसिन।’ दिनहुँ १० मिनेर खुलर हाँस्दा स्वास्थ्यमा निकै फाइदा पुग्छ।

–हाँस्दा शरीरको रक्तसञ्चार राम्रो हुन्छ।

–हाँसोमा तनाव, पीडा, झगडालगायत समाप्त गर्ने शक्ति हुन्छ। मानिसको दिमागमा कुनै पनि औषधिले गर्न नसक्ने काम हाँसोले गर्छ। तनाव, अवसादजस्ता समस्यालाई हाँसोले समाप्त गरिदिन्छ।

–हाँस्दा शरीरलाई बढी मात्रामा अक्सिजन प्राप्त हुन्छ। जसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ।

–हाँसोले पीडाबाट पनि राहत दिलाउँछ। १० मिनेटसम्म खित्का छाडेर हाँस्दा दुखाइबाट आराम मिल्छ। मीठो निद्रा लाग्छ।

–हाँस्दा शरीरमा सकारात्मक ऊर्जाको विकास हुन्छ। शरीरले आनन्द महसुस गर्छ।

–हाँस्दा मुटुको व्यायाम हुन्छ। रक्तसञ्चार राम्रो हुन्छ। भनिन्छ– खुलेर हाँस्नेहरूमा हृदयाघातको जोखिम कम हुन्छ।

प्रतिक्रिया