स्वास्थ्यकर्मी भर्ना गराउन राज्यको हैसियत नपुगेकै हो त ?

स्वास्थ्यकर्मी भर्ना गराउन राज्यको हैसियत नपुगेकै हो त ?

राज कुमार बुढा
प्रतीक्षामा झन्डै दुई/ढाइ बर्ष बित्यो । समायोजन त बाहानाको पित्को मात्रै रहेछ । दुई बर्षमा न नँया भर्ना खुल्यो, न त कार्यरत कर्मचारीको उचित ब्यबस्थापन नै ! अनि कहाँबाट दिग्दारी नथपियोस,स्वास्थ्यकर्मीमाथि ! जुन क्षेत्रमा अत्याधिक कर्मचारी भर्ना गर्न जरुरी महशुस भइरहेको छ त्यही क्षेत्रको समायोजन हुन नै ३–४ बर्ष लाग्ने कस्तो नीति हो यो ? बाँकीको सबै क्षेत्र र तहको समायोजन र व्यवस्थापन सकिएर फटाफट आयोग खुल्ने तर तयारीमा जुटेका स्वास्थकर्मी सँधै टारिरहनु पर्ने, के अब राज्यको स्वास्थ्य नीति तुहिँदै गएकै हो त ?
तहगत चौँथो र पाँचौ तहका कर्मचारीको खाँचो स्थानीय तहमा ज्यादै छ । अझ बिशेष गरि स्वास्थ्यकर्मीको, गत बर्षदेखी रोकिएको स्वास्थ्य तर्फको लोकसेवा आयोग यो वर्षचाहिँ पक्कै खुल्छ, त्यही पनि निकै ठूलो संख्यामा भन्ने हल्ला थियो, बजारमा । बर्ष बित्यो, महिना बित्यो अनि आयो बार्षिक तालिका अनुसार ४/५औं तहको प्रतीक्षाको घडि माघ चौथो हप्ताको बुधबार । तर तयारीमा रातदिन जुटेका स्वास्थ्यकर्मीका लागि हात्ती आयो हात्ती आयो फुस्स ! जस्तै मात्रै भयो । अझँ सजिलो गरेर भन्दा यो बर्ष पनि खुलेन स्वास्थ्यतर्फ चौंथो/पाँचौ तहको लोकसेवा ।
म कर्णाली बासि, यहि तहको स्वास्थकर्मी पनि । एकातिर अभावै अभाव छ, कर्मचारीको विशेष गरि दुर्गम क्षेत्रमा तर अर्को तिर कर्मचारी भर्ना प्रक्रियाको सुरसार नहुनुले त्यही सुई घोच्न र सिटामोल बाड्न जानेका जनशक्ति पनि खाडी छिर्नको बिकल्प पो नहुने हो कि ? आफैमाथी प्रश्नचिन्ह उभिरहँदा अर्को कौतुहलता त छँदैछ । पदपूर्तिका लागि करारमा भर्ना त हुने नै होला अफसोच त्यो त नाताबाद र कृपाबाटर पार्टिबादमात्र….।
‘खुल्छ–खुल्छ टन्नै खुल्छ, यो बर्ष त ढुक्कै हो ‘यो त व्यापार र राजनीति गर्ने सजिलो पद्य मात्र रहेछ । पुस्तक लेखकले बोल्यो उसको किताब बिक्छ, कलेजले बोल्यो विद्यार्थी संख्या बृद्धि, कोचिङ्ग सेन्टरले बोले उसको व्यापार ह्वात्तै बढ्ने, स्वास्थ्यमन्त्री ज्युहरुले बोल्दै गरिदिए पद टिकिहाल्ने अनि हामीलाई सरकारी जागिरको मोह लागिरहने, जुन मोह हाम्रो पुस्ताले राख्न जरुरी पनि छ । खैर केही छैन् राज्य लाचार बनिरहोस् हामी किलिएर ब्यागमा सर्टिफिकेट सर्टिफिकेट थन्काएर बसौ
भएका खेतबारी धितो राखेर निश्चित अबधिमा लाखौं तिरेर प्राबिधिक शिक्षाको सर्टिफिकेट त बटुल्यौ । आमाको नाक त फुलियो तर बाउको फाटेको कमिजको गोजी पनि फुलाउन मन थियो सरकार ! जुन अधुरै छ, मात्र अधुरै ।

प्रतिक्रिया