सिकेका कुरा कक्षा कोठामा प्रवेश गराउनु होला – निर्देशक

सिकेका कुरा कक्षा कोठामा प्रवेश गराउनु होला – निर्देशक

ज्वाला सन्देश सम्वाददाता
सुर्खेत, १३ मंसिर, सुर्खेतको विरेन्द्रनगरमा आइतबारदेखि श्रोतव्यक्ती तथा विद्यालय निरीक्षकहरुको क्षमता विकासका लागि कोचिङ्ग तथा मेन्टरिङ्गं नामक तिन दिने तालिम सुरु भएको छ ।sudik news (2)

श्रोतव्यक्ती तथा विद्यालय निरीक्षकहरुको क्षमता विकासका लागि  कोचिङ्ग तथा मेन्टरिङ्गं  तालिमका सहभागि
श्रोतव्यक्ती तथा विद्यालय निरीक्षकहरुको क्षमता विकासका लागि कोचिङ्ग तथा मेन्टरिङ्गं तालिमका सहभागि

तालीमलाई शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि एवं क्षेत्रिय शिक्षा निर्देशक राम प्रसाद उपाध्यायले तालीममा सहभागी वि.नि. तथा श्रोत व्यक्तिहरुले तालीम अवधिभर सिकेका कुरा कक्षाकोठामा प्रवेश गराउन सफल हुने विश्वास व्यक्त गरे । उनले भने ‘अहिलेको परिप्रेक्षमा हामीलाई हाम्रो क्षमता कक्षा कोठामा प्रवेश गराउन नसकेको आरोप लागेको छ । यो आरोपलाई निमिट्यान्न पार्न यो तालीम सफल हुनेछ । ” निर्देशक उपाध्यायले आफ्नो भागमा परेका विद्यालय मात्र नभएर वरिपरि रहेका विद्यालयहरुको पनि अनुगमन गर्न सकिने बताउँदै उनले सहभागी सबैलाई वार्षिक योजना बनाएरै भएपनि सबै विद्यालयमा अनुगमन गर्न निर्देशन दिए । उनले थपे ” यस क्षेत्रमा कतै कतै परिक्षा लिदा एकरुपता छैन प्रशिक्षार्थीहरुले आफ्नो क्षेत्रमा परिक्षा प्रणालीमा एकरुपता ल्याउनु पर्छ ।” उनले तालीममा सहभागी सबै प्रशिक्षाथीहरुलाई सिकेका कुराहरु अक्षरतः तल पु¥याउने प्रतिबद्धता गराउन समेत आयोजकलाई आग्रह गरे । तालीम उद्दाटन सेभ द चिल्ड्रेनका शिक्षा विशेषज्ञ नारायण प्रसाद काफ्लेले स्रोत व्यक्तिहरुको हालको कार्यवोझलाई यस तालीमले केहि थप सहज बनाउने विश्वास समेत व्यत्त गरे । तालीमको सहजिकरण उपसचिव शुशिलबाबु खनाल र उपनिर्देशक याम नारायण घिमिरेले गर्नेछन् । तालीममा ३५ जना सहभागी रहेका छन भने बाँके युनेस्को, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख, पिसविन वाजुरा र वाक अछामका कर्मचारीहरुको समेत सहभागीता रहेको छ ।
सो तालीम सेभ द चिल्ड्रेनको साझेदारी, शैक्षिक जनशक्ति विकास केन्द्र र क्षेत्रिय शिक्षा निर्देशनालय सुर्खेतको समन्वय तथा जिल्ला शिक्षा कार्यालय दैलेख, बाँके, अछाम र वाजुराको संयुक्त आयोजनामा सञ्चालन गरिएको छ ।

प्रतिक्रिया