संक्रमितको संख्या २७८ पुग्यो

संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं जेठ ३ गते । : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार थप दुई जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो ।  प्रवक्ता देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षीय र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या २७८ पुगेको देवकोटाको भनाइ छ । २२४ पुरुष संक्रमित छन् भने ५४ महिला छन् । ३६ जनाको भने डिस्चार्ज भएको छ । ३२० जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

प्रतिक्रिया