बालबालिकाले गरे बृक्षारोपण

बालबालिकाले गरे बृक्षारोपण

दैलेख जेठ २० गते ।
दैलेखको भैरबी गाउँपालिकाका बालबालिकाहरुले बृक्षारोपण गरेका छन् । गाउँपालिकाका वडा नम्बर ४ र ५ मा गठित बाल क्लबका बालबालिकाहरुले बृक्षारोपण गरेका हुन् । एईआएन लक्जेम्बर्र्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजनाको सहजिकरणमा बालबालिकाले बृक्षारोपण गरेका हुन् ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको समयमा बालबालिकाले सृजनात्मक कार्यको थालनी गरेका हुन् । वातावरण संरक्षण तथा प्राकृतिक सम्पदा संरक्षण गर्न बालबालिकाहरुले पर्यावरणिय अधिकार र वातावरणिय अधिकार सुनिश्चित गर्ने उदेश्यले बृक्षारोपण गरेका हुन् ।


वातावरण दिवसको अबसर पारेर बालबालिकाले बृक्षारोपणको थालनी गरेको आधार परियोजनाका सामाजिक परिचालक निर्मला नेपालीले बताइन् । नेपालीका अनुसार बालबालिकाले आआफ्नो घर र स्थानीय स्तरमा पाइने विभिन्न किसिकमा फुलहरु, फलफूलहरु कागती, आरु, केरा, बेलौती कोटमेलो, तथा उत्तीस, बगाइनो, निगाला बृक्षारोपण गरेका हुन । मंगलवार यहाँका ४० जना बालबालिकाले आफ्नो घर वरवर तथा खाली ठाउँमा बृक्षारोपण गरेका हुन ।

प्रतिक्रिया