कोरोना संक्रमितको संख्या ४ हजार तीन सय नाघ्यो

कोरोना संक्रमितको संख्या ४ हजार तीन सय नाघ्यो

काठमाडौं जेठ २८ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४ हजार तीन सय ६४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार २७९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको हो । मंगलबार मात्र ३२३  जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने ६ सय ७४ पुगेको छ । बुधबार ९० जना डिस्चार्ज भएका हुन् । 

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख १० हजार सात सय ४४ जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट एक लाख ७२ हजार आठ सय ८० को नमुना परीक्षण गरिएको छ ।  पछिल्लो २४ घण्टामा पीसीबार विधिबाट चार हजार चार सय १४ नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ६ हजार आठ सय २२ जनाको नमुना परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा एक लाख ७२ हजार दुई सय ६६ जना बसेका छन् भने तीन हजार ६ सय ७५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । 

प्रतिक्रिया