सरसफाई सप्ताहको अबसरपारी मास्क र सेनीटाइजर वितरण

सरसफाई सप्ताहको अबसरपारी मास्क र सेनीटाइजर वितरण

दुल्लुका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई मास्क र सेनीटाइजर वितरण गरिँदै ।

दैलेख जेठ २९ गते ।
सरसफाई सप्ताहको अबसरपारी मास्क र सेनीटाइजर वितरण गरिएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका एक सय ५० जनालाई नर्मल मास्कर सेनीटाइजर वितरण गरिएको हो । हेल्भेटास नेपालको सहयोग, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा सञ्चालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमले उक्त सामग्री दिएको हो ।
गाउँपालिकाको वडा नम्बर १ र ५ का एक सय ५० जनालाई उक्त सामग्री दिईएको चालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका ललिताकुमारी भण्डारीले जानकारी दिइन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री दिईएको भण्डारीले उल्लेख गरिन् । यस्तै गाउँपालिका स्थित अपाङ्गता सञ्जाललाई समेत मास्क, साबुन हस्तान्तरण गरिएको भण्डारीले जानकारी दिइन् ।
यसैबिच सरसफाई सप्ताहको अबसरपारी दुल्लु नगरपालिका स्थित वडा नम्बर ४ र ७ को क्वारेन्टाइनमा रहेका एक सय जनालाई साबुन, सेनीटाइजर र मास्क वितरण गरिएको छ । हेल्भेटास नेपालको सहयोग, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा सञ्चालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमले उक्त सामग्री वितरण गरेको हो । भारतबाट आएर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरुलाई सामग्री वितरण गरिएको चालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका महेन्द्र अधिकारीले बताए ।

प्रतिक्रिया