कर्णालीमा थप १५२ जना डिस्चार्ज, निको हुनेको संख्या ४९४ पुग्यो

कर्णालीमा थप १५२ जना डिस्चार्ज, निको हुनेको संख्या ४९४ पुग्यो

फाेटाे फाइल

सुर्खेत असार ४ गते । कर्णाली प्रदेशमा कोरोना जीतेर घर फर्किनेको संख्या चार सय ९४ पुगेको छ । विभिन्न आइसोलेसनमा रहेका एक सय ५२ जना बुधबार एकैपटक कोरोना जीतेर घर फर्किएपछि कर्णालीमा कोरोना निको हुनेको संख्या चार सय ९४ पुगेको हो ।

दैलेखको महाबु आइसोलेसन सेन्टरबाट एक सय ६, नारायण आइसोलेसन सेन्टर र दैलेख अस्पतालबाट ४३ र प्रदेश अस्पताल सुर्खेतबाट तीन जना गरी बुधबार मात्रै कोरोना जीतेर एकसय ५२ जना घर फर्किएका हुन् । 

योसँगै कर्णालीमा कोरोना जीत्नेको संख्या चार सय ९४ पुगेको छ। अझै ६ सय १० जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म कर्णालीका कुल १ हजार १ सय ४ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार मंगलबार मात्रै एक सय ९१ जना एकैसाथ कोरोना जीतेर घर फर्किएका थिए ।  दुल्लु अस्पतालबाट २७, दैलेख अस्पतालबाट एकसय २०, सल्यान अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट तीन जना गरी मंगलबार एकैदिन एकसय ९१ जनाले कोरोना जीतेका हुन् । 

मंगलबार र बुधबार धेरै संख्यामा कोरोना जीतेर स्थानीय घर फर्किएपछि आइसोलेसनमा रहेका संक्रमित पनि कोरोना जीत्नेमा ढुक्क छन्। कोरोना जीतेर घर फर्किनेहरु आत्मबल बलियो बनाएमा सजिलै कोरोना जीत्नसकिने बताउँछन् । कोरोना जीतेर घर फर्किएका स्वास्थ्यकर्मी जुम्लाका शुक्रराज शाहीले कोरोना रोग भन्दा मनको डरले सताएको भन्दै आत्मबल ढुक्क बनाएमा कोरोना जीतिने बताए । 

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले कर्णालीमा कोरोना जीतेर घर फर्किनेको संख्या बढिरहेको बताउँदै घरमा पनि सर्तकर्ता अपनाउन अनुरोध गरे । उनका अनुसार कर्णालीमा कोरोना पृष्टी भएका तीन जनाको हालसम्म मृत्यु भएको छ । भने दैलेखमा ६ सय ३६ जना, हुम्ला र डोल्पामा एक÷एक तथा मुगुका दुई जना, सल्यान एकसय ३७, सुर्खेत दुईसय ३७, जाजरकोट आठ, कालिकोट ४२, जुम्ला २४ र अन्य प्रदेशका १६ जनामा कोरोना पृष्टी भएको छ ।  

प्रतिक्रिया