थप २९३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

थप २९३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १५ हजार सात सय ८४ पुगेको छ। आइतबार मात्र दुई सय ९३ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार पाँच सय ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा १३२ जना डिस्चार्ज भएका छन् ।   पछिल्लो २४ घण्टामा चार हजार सात सय १० जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइन ३१ हजार पाँच सय ७३ जना रहेका छन् । ९ हजार दुई सय ३ जनाको भने आइसोलेसनमा उपचार भइराखेको छ । 

प्रतिक्रिया