पछिल्लो २४ घन्टामा थप ८२ जना कोरोना संक्रमित, १४७ डिस्चार्ज
काठमाडौँ असार २८ गते । मुलुकमा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । नेपालमा हालसम्म १६ हजार ८०१ जना संक्रमित भएका छन् ।
सोही अवधिमा १४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । अहिलेसम्म नेपालमा ८ हजार ५८९ निको भइसकेका छन् । यो कूल संक्रमितको आधारमा ५१.१ प्रतिशत निको भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार गएको २४ घन्टामा ३ हजार ९१६ पीसीआर परीक्षण भएका छन् ।
नयाँ संक्रमितको जिल्लागत विवरण
- धनुषा १९
- सुर्खेत ११
- कालीकोट ७
- तनहुँ ६
- काठमाडौं ५
- चितवन ५
- मोरङ २
- बागलुङ २
- लमजुङ २
- पर्वत २
- रुकुम पश्चिम २
- डडेलधुरा २
- कैलाली २
- झापा १
- सर्लाही १
- सिन्धुपाल्चोक १
- ललितपुर १
- सोलुखुम्बु १
- मकवापनुर १
- सिन्धुली १
- नवलपरासी पूर्व १
- स्याङ्जा १
- गोरखा १
- गुल्मी १
- पाल्पा १
- दैलेख १
- बझाङ १
- दार्चुला १
प्रतिक्रिया