कर्णाली प्रदेशका सांसदलाई कोरोना, संक्रमितको संख्या १६ सय ९० पुग्यो

कर्णाली प्रदेशका सांसदलाई कोरोना, संक्रमितको संख्या १६ सय ९० पुग्यो

सुर्खेत असार ३० गते । कर्णाली प्रदेश सभाका एक सांसदलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको स्वाब परीक्षणमा एक प्रदेश सभा सदस्यलाई कोरोना संक्रमण पृष्टि भएको हो । 

कोरोना संक्रमण देखिएपछि ती सांसद अहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सेल्फ आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ ।सांसदमा कोरोना संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ को काम अघि बढाइएको छ ।

कर्णालीमा कोरोना संक्रमितको संख्या १६ सय ९० पुगेको छ । मंगलबार मात्रै थप २७ जनामा कोरोना पृष्टि भएको हो । कर्णालीमा ३४ हजार ७ सय ३४ जनाको स्वाब परीक्षण गरिएको छ । 

मंगलबार १ सय ९१ जना कोरोना जितेर डिस्चार्ज भएपछि कोरोना जित्नेको संख्या १४ सय ६२ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाले जनाएको छ । 

प्रतिक्रिया