कोरानाले धरानमा ७३ वर्षीय वृद्धको मृत्यु

कोरानाले धरानमा ७३ वर्षीय वृद्धको मृत्यु

धरान साउन २ गते । कोरोना भाइरस संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७३ वर्षीया वृद्धको निधन भएको छ । सप्तरीको राजविराज नगरपालिकाका वडा नम्बर ११ का रामकृष्णदासको बिहीबार राति उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन् । 

दास कोराना संक्रमणको पुष्टि भए पश्चात बिहीबार दिउँसो प्रतिष्ठानमा भर्ना भएका थिए । उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ देखिएको यिो । मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ । मृतकको अन्त्येष्टि लागि व्यवीथापन गर्ने पहल भइरहेको डीएसपी बस्नेतले बताएका छन् । उनको शव सप्तरीमै लगेर अन्त्येष्टि गरिने बताइएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । 

प्रतिक्रिया