छ जिल्ला कोरोनामुक्त, संक्रमितको संख्या १८ जहार ७५२ पुग्याे

छ जिल्ला कोरोनामुक्त, संक्रमितको संख्या १८ जहार ७५२ पुग्याे

काठमाडौं साउन १२ गते । सोमबारसम्म छ जिल्ला कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोनमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार दुई जिल्लामा भने कोरोनाका ५ सय बढी बिरामी रहेका छन्।कैलाली र रौतहट दुई जिल्लामा कोरोनाका ५ सय बढी बिरामी रहेका छन्।

यस्तै सोमबार थप १३९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ जहार ७५२ पुगेको हो ।आइतबार मात्रै १३० जनामा कोरोना संक्रमण देखिएको थियो।

सोमबारसम्म कोरोनाका संक्रिय बिरामीको संख्या ४ हजार ९ सय ५०  पुगेको छ। जसमध्ये प्रदेश १ मा १९५, प्रदेश २ मा १ हजार ९११ जना , बागमती प्रदेशमा ४०२ जना, गण्डकी प्रदेशमा  २४४ जना , प्रदेश ५ मा ३५३ जना, कर्णाली प्रदेशमा  ३७५ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ४० जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६२६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार ५४ पुगेको छ।क्वारेन्टाइनमा रहनेको संख्या १६ हजार ३७९ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ४ हजार ९ सय ५० जनाको उपचार भइराखेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६२६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार ५४ पुगेको छ। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ एकजनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

प्रतिक्रिया