सोसेककाे दुई दिने बार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठि सकियो

सोसेककाे दुई दिने बार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठि सकियो

दैलेख साउन १३ गते ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको बार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । आर्थीक बर्ष २०७६/०७७ मा संस्थाद्धारा सञ्चालित कार्यक्रम तथा परियोजनाबाट गरिएका क्रियाकलापहरुको प्रगति तथा समिक्षा गर्दै गोष्ठि सम्पन्न भएको हो । आर्थीक बर्ष २०७६/०७७ मा संस्थाद्धारा विभिन्न साझेदार संस्थाहरुको सहयोग तथा साझेदारीमा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका जिल्लाहरुमा सञ्चालन भएको कार्यक्रम तथा परियोजना सहित संस्थाको आन्तरिक कोष तर्फका क्रियाकलापहरुबारे बार्षिक समिक्षा गर्दैै गोष्ठी सकिएको हो ।
दुई दिनसम्म संचालन भएको बार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठिमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु अन्तर्गतका क्रियाकलापहरुको वार्षिक प्रगतिबारे समिक्षा गरेको छ । यस्तै कार्यक्रम, परियोजना र संस्थागत उपलब्धी, समस्या, चुनौती, सफल अभ्यास, सिकाई, आगामी योजना लगाएतका प्रस्तुतीकरण माथि छलफल संगै बार्षिक समिक्षा गरिएको छ ।
संस्थाद्धारा विभिन्न साझेदार संस्थाहरुको सहयोग तथा साझेदारीमा आर्थीक बर्ष २०७६÷०७७ मा सहयात्रा–दोस्रो परियोजना, उत्थान परियोजना, आधार परियोजना, राउटे परियोजना, एकिकृत जलस्रोत व्यवस्थापन परियोजना, अधिकारमा आधारित जीविकोपार्नन सुधार परियोजना, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना, आधार परियोजना, आशा आयोजना, बाल हेल्पलाइन १०९८, साकार परियोजना, स्मार्ट परियोजना, गिफ्ट परियोजना गरी १२ वटा कार्यक्रम परियोजनाहरु सञ्चालन गरिएको उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए ।
गोष्ठिमा परियोजनाका क्रियाकलाप सञ्चालनका क्रममा आईपरेका समस्या तथा चुनौतीका बारेमा छलफल तथा आगामी दिनका लागि कार्य सञ्चालन रणनीति तयार, परियोजना तथा कार्यक्रमहरुको आर्थीक बर्ष २०७७/०७८ को प्राथमिकता निर्धारण, परियोजना तथा कार्यक्रमहरुको कार्ययोजना तथा कार्यक्रम सञ्चालन निर्देशिका तयारका लागि वातावरणको श्रृजना र सिकाई अनुभव ज्ञान तथा पहिचानको बारेमा छलफल गरिएको उपकार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।
बार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठिमा कार्यसमितिका पदाधिकारी तथा कर्मचारीहरुले संस्थाका लागि आफुले गर्नसक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गोष्ठि समापन कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले यो विषमपरिस्थितीको चुनौतीहरुलाई सामना गर्दै संस्थाले सफलता हासिल गरेको बताउनुभयो ।संस्थापक अध्यक्ष थापाले संस्थाबाट संचालित कार्यक्रम तथा परियोजनाहरुले निर्दिष्ट गरेका लक्ष्यका साथै संस्थाको रणनैतिक योजनाका लक्ष्य प्राप्तीमा कर्मचारीहरुबाट भरपुर सहयोगको अपेक्षा गर्नुभयो ।
संस्थाका कार्यवहाक अध्यक्ष टिकादेवी जैसीले संस्थालाई यहाँसम्म ल्याई पु¥याउने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । राम्रा काम र असल अभ्यासहरुलाई अनुसरण उहाँको आग्रह थियो बार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठि सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै कार्यसमिति कार्यवहाक अध्यक्ष जैसीले गोष्ठि समापनको घोषणा गर्नुभयो ।

प्रतिक्रिया