बाख्रा चराउन गएका बालक पहिरोमा पुरिए

बाख्रा चराउन गएका बालक पहिरोमा पुरिए

फाइल तस्बिर।

जाजरकोट साउन १६ गते । घर नजिकैको पाखोमा बाख्रा चराउन गएका जाजरकोट भेरी नगरपालिका—७ दोकानाका एक बालक पहिरोमा पुरिएर बेपत्ता छन् । अर्का बालक घाइते भएका छन् । बाख्राको गोठालो गरिरहेको बेलामा एक्कासी आएको सुख्खा पहिरोले धनवीर परियारका १२ वर्षीय छोरा खिमबहादुर परियारलाई पुरेको जिल्ला प्रहरी प्रमुख किशोर श्रेष्ठले बताए। उनीसँगै गोठालो गएका मोतिलाल बिकका छोरा १२ वर्षीय प्रदिप बिक पहिरोमा परेर गम्भीर घाइते भएका छन्।  
उनको हात भाँचिएको छ भने टाउकोमा चोट लागेको छ । घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घाइते प्रदिपलाई तत्काल स्थानीयले उद्धार गरे पनि खिमलाल भने अझै बेपत्ता छन्। पहिरोमा पुरिएका बालकको खोजी भइरहेको प्रहरी प्रमुख श्रेष्ठले बताए। पहिरो ठुलो भएकोले पुरिएका बालक निकाल्न कठिन भएको उनले बताए।

प्रतिक्रिया