कोरोनाबाट थप ३ को मृत्यु, मृतकको संख्या १०२ पुग्यो
काठमाडौँ साउन ३१ गते । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक/एक जनाको मृत्यु भएको हो ।कपिलवस्तुको मायादेवी गाउँपालिका-७ का ४० वर्षीय पुरुषको साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलममा मृत्यु भएको हो । त्यसैगरी पर्साको विरगञ्ज महानगरपालिका-१२ निवासी ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो ।धनुषाको जनक नन्दनी गाउँपालिका-४ निवासी ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाका कारण निधन भएको मन्त्रालयले जनाएको छ ।हालसम्म नेपालमा ८० पुरुष र २२ महिला गरेर १०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा थप ४६८ जनामा कोरोना संक्रमण
नेपालमा थप ४६८जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
पछिल्लो २४ घन्टामा १२४ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार २०१ रहेको प्रवक्ता गौतमले बताए ।मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ५ हजार ६६० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ४ सय ४८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार ७१६ जना रहेको छ ।मन्त्रालयका अनुसार देशभरी होम आइसोलेसनमा ५२३ जना रहेका छन् ।प्रदेश १ मा ११५, प्रदेश २ मा ९८, वाग्मती प्रदेशमा १०५, प्रदेश ५ मा ९०, कर्णाली प्रदेशमा ८, सुदूरपश्चिम प्रदेशमा १०७ जना रहेका छन् । गण्डकी प्रदेशमा भने कोही पनि होम आइसोलेसनमा रहेका छैनन् ।
जिल्लागत नयाँ संक्रमितको विवरण
- काठमाडौं ८०
- ललितपुर ९
- भक्तपुर ९
- चितवन ९
- बाँके ११
- बर्दिया १२
- धनुषा २७
- काभ्रेपलाञ्चोक ९
- रामेछाप १
- मोरङ ६५
- सप्तरी २
- सिराह ५
- सुनसरी १९
- तेह्रथुम १
- बझाङ १
- डडेल्धुरा १
- दोलखा ५
- उदयपुर २
- कपिलवस्तु ३२
- नवलपरासी पूर्व २
- बारा २
- पर्सा २४
- खोटाङ ६
- रसुवा १
- सर्लाही ५४
- कास्की ११
- दैलेख ३
- सुर्खेत ५
- गुल्मी १
- रुपन्देही २
- महोत्तरी ९
- बागलुङ २
- गोरखा १
- स्याङ्जा १
- तनहुँ १
- दाङ ११
- बर्दिया २
- सिन्धुली १
- मकवानपुर २१
- रौतहट ४
प्रतिक्रिया