एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं भदाै २ गते । नेपालमा पछिल्लो २४ घण्टामा हजार बढी व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार एक हजार १६ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा अहिलेसम्मकै यो सबैभन्दा बढी संक्रमण हो।  योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार दुई सय ७५ पुगेको छ।  

पछिल्लो २४ घण्टामा १३ हजार १६१ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो । १०१६ जनामा कोरोना संक्रमण हुँदा २४ घण्टामा ८५ जनाले मात्र कोरोना जितेका छन् । डिस्चार्ज हुनेको कुल संख्या भने १७ हजार ५८० पुगेको छ । देशभर संक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ । २४ घण्टामा कोरोनाले सात जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ११४ पुगेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया