घर पहिरोको जोखिममा, ज्यान जोगाउन खुल्ला चौरमा बास

घर पहिरोको जोखिममा, ज्यान जोगाउन खुल्ला चौरमा बास

ज्वाला सन्देश संवाददाता
दैलेख भदौ ४ गते ।

दैलेखको ठाँटिकाँध गाउँपालिकामा पहिरोको जोखिम भएका ठाउँका स्थानीयले सावधानी अपनाउन थालेका छन् । पहिरोले ठाँटीकाँध गाउँपालिका–२ को जौचौरमा घरहरु चर्केपछि उच्च जोखिम भएका १७ घर परिवार गाउँमाथिको बिजारे चौरमा खुला रुपमा बस्न थालेको स्थानीय डम्वर बहादुर लामिछानेले जानकारी दिए ।
तल खोलाले कटान गर्न थालेको र गाउँको माथिबाट पहिरो झरिरहन थालेपछि करिव ७० घर रहेको जांैचौरमा उच्च जोखिम भएका १७ घर परिवार बुधवारदेखी बिजारे चौरमा खुला रुपमा बस्दै आएको ठाँटीकाँध गाउँपालिका –२ का वडासदस्य कर्णबहादुर सलामीले बताए ।
ठाँटीकाँध गाउँपालिका–२ का वडाध्यक्ष रुपलाल बिश्वकर्माले स्थानीयहरु बिजारेको खुलाचौरमा बसिरहेको जनाकारी दिए । वडाध्यक्ष विश्वकर्माले पहिरोको जोखिममा रहेका परिवारको राहत तथा पुर्नःस्थापनाको निम्ति गाउँपालिका र सरोकारवाला निकायमा पहल भइरहेको बताए ।

प्रतिक्रिया