दैलेखमा निषेधाज्ञा

दैलेखमा निषेधाज्ञा

दैलेख भदाै ४ गते । कर्णाली प्रदेशको दैलेख जिल्लाभर ८२ घण्टासम्म लागु हुनेगरी निषेधाज्ञा गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले आज बिहिवार दिउँस २ बजे देखि भदौ ७ गते राती १२ गतेसम्म निषेधाज्ञा गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए । संक्रमण फैलिन नदिन सजगता अपनाउन सचेतनामुलक कार्यक्रम र प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको प्रमुख जिल्ला अधिकारी सुनारको भनाई छ । संक्रमण बढ्दै गएकाले निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी सुनारले बताएका छन् ।
नेपालीहरुको मुख्य चार्डपर्वहरु खासगरी तीज पर्व नजिकिदै गर्दा हुने भीडभाडका कारण कोरोना भाइरसको संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए । निषेधाज्ञा अवधीभर औषधी पसल, अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन सम्बिन्ध सेवा, खानेपानी तथा विद्युत सञ्चालन, फोहोरमैला व्यवस्थापन बाहेकका सबै सेवाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
प्रशासनका अनुसार दैलेखको पूर्वमा पर्ने जाजरकोट जिल्लाको सिमाना, पश्चिममा कालिकोट, अछामको सिमाना र दक्षिणमा सुर्खेत जिल्लाको सिमानाबाट दैलेख जिल्ला प्रवेशमा रोक लगाईएको प्रशासनले जनाएको छ । स्थानीय प्रशासनले कोरोना भाइरसको महामारीबाट थप सजग र सुरक्षित रहन आग्रह गरेको छ । दैलेखमा हालसमम कोरोना संक्रमितको संख्या ९ सय ८३ पुगेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । ती मध्ये ९ सय ३८ जना निको भएर घर फर्केका छन् । जिल्लामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया