कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १५७ पुग्यो

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १५७ पुग्यो

काठमाडौं  भदाै ८ गते । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  मृत्यु हुनेमा काठमाडौंका १ महिला, रुपन्देहीमा १ महिला र ३ पुरुषसहित ४ जना, मोरङका १ पुरुष , सुनसरीका १ पुरुष र पर्सामा १ महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन्। थप ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ५७ पुगेको छ।

प्रतिक्रिया