थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्याे

थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्याे

काठमाडाैं भदाै १० गते । पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुार १३ हजार २५३ जनाको पीसीआर परीक्षण गर्दा ८८५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ। 

मन्त्रालयका अनुसार २४ घण्टामा ३८५ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या १९ हजार ५०४ पुगेको छ। १४ हजार ७३९ जना आइसोलेसनमा रहेका छन्।  जसममध्ये ६ हजार २८ जना होम आइसोलेसनमा छन् भने ८ हजार ७११ जना संस्थागत आइसोलेसनमा रहेका छन्। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ३५ हजार २५२ पुगेको छ।  

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। काठमाडौंका २३०, भक्तपुरका २४ जना र ललितपुरका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता गौतमले जानकारी दिए।  

प्रतिक्रिया