कालिकोटको नाग्ममा पहिरो (अपडेट) : एकै परिवारका ४ जनाको मृत्यु, तीन वेपत्ता

कालिकोटको नाग्ममा पहिरो  (अपडेट) : एकै परिवारका ४ जनाको मृत्यु, तीन वेपत्ता

कालिकोट भदाै १४ गते । जिल्लाको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ । आइतबार बिहन साँढे ७ बजेतिर गएको पहिरोमा परी पुरिएर नाग्म बजारका स्थानीय चारजनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिए । 

उनका अनुसार कालिकोट र जुम्लाको सीमानामा रहेको नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेहरुमा नाग्म बजारमा व्यपार व्यवसाय ४० वर्षीय परेक शाही, उनको ५ वर्षीय छोरा निराजन शाही, दुई महिनाको छोरा अक्कल शाही, ७ वर्षीया छोरी हिमा शाही रहेका छन् । उनकी श्रीमती पुन्या शाही र स्थानीय अर्जुन हमालको जिवितै उद्धार गरी उपचारका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । 

उक्त पहिरोमा तीनजना अझै वेपत्ता छन् । स्थानीय मनवीर कटुवाल, आइती खड्का र उनको मासु पसलमा मासु काट्ने व्यक्ति वेपत्ता छन् । उनीहरुको खोजीमा  नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लागिरहेका छन् ।

पहिरोमा चार घर पहिरोमा पुरिएको डिएसपी ओलीयाले बताए । उनले पहिरोमा थप वेपत्ता भएको हुनसक्ने अनुमान गरिएको छ । पसलमा आएका ग्राहक पनि पुरिएको हुनसक्ने डिएसपी ओलीयाले बताए । जिल्लाबाट इन्स्पेक्टर यक्षराज जोसीको नेतृत्वमा थप प्रहरीको टोली घटनास्थल पुगेर वेपत्ताको खोजी कार्यमा जुटेको छ 

प्रतिक्रिया