कर्णालीमा थप ९५ जनामा कोरोना संक्रमण

कर्णालीमा थप ९५ जनामा कोरोना संक्रमण

दैलेख भदाै १७ गते । कर्णाली प्रदेशमा आज ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये जुम्लाका ३९ जना, कालिकोटका २२ जना, सुर्खेतका १७ जना, दैलेखका पाँच जना, बाँकेका चार जना, कैलालीका दुई जना, बर्दिया, बझाङ, दाङ र दार्चुलाका एक, एक जना छन् ।

पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणले संक्रमण पुष्टि गरेको हो । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार ५५१ जना पुगेको छ ।

त्यस्तै आज नै विभिन्न अस्पताल र आइसोलेसनबाट ६ जना डिस्चार्ज भएका छन् । कर्णालीमा कुल संक्रमितमध्ये दुई हजार १२५ जना डिस्चार्ज भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया