२४ घण्टामा ९८० जनामा कोरोना संक्रमण : १८ सय १४ डिस्चार्ज

२४ घण्टामा ९८० जनामा कोरोना संक्रमण : १८ सय १४ डिस्चार्ज

काठमाडौं भदाै २१ गते ।  पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। गौतमका अनुसार २४ घण्टामा २९० महिला र ६९० पुरुष गरेर ९८० जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार २४ घण्टामा १८ सय १४जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ पुगेको छ। यो कुल संक्रमितको ६३ प्रतिशत हो। नेपालमा संक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ। पछिलो २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।अहिले संस्थागत आइसोलेसनमा ६ हजार २०१ रहेका छन्।  २४ घण्टामा कोरोनाले ९ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २८९ पुगेको छ।   

प्रतिक्रिया