सिन्धुपाल्चोकमा पहिरो : २२ बेपत्ता, दुईको शव भेटियो

सिन्धुपाल्चोकमा पहिरो : २२ बेपत्ता, दुईको शव भेटियो

सिन्धुपाल्चोक भदाै २८ गते ।  बाह्रविसे नगरपालिका-७, घुम्थाङको नागपुजेमा पहिरोले पुरिँदा २२ जना बेपत्ता भएका छन्। अहिलेसम्म दुईजनाको शव भेटिएको छ। पहिरोले १८ घर बगाएको छ।मृत्यु हुनेमा नागपुजेका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कका जुनु श्रेष्ठ रहेका छन्। दुवै शव फेला परेको जानकारी स्थानीय प्रशासनले दिएको छ। गएरातिको अविरल वर्षासँगै आएको पहिरोले बस्ती पुरिँदा घरमा सुतिरहेका स्थानीय बेपत्ता भएका हुन्।

स्थानीयका अनुसार बिहान करिब पौने चार बजे आएको पहिरोले कम्तीमा आठ घर पुरिएको छ।त्यसैगरी भीरखर्कमा कम्तिमा १० घर पुरिएको स्थानीयले जानकारी दिएका छन्। भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे यकिन विवरणआउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया