डा. केसीले जुम्लाबाट सुरु गरे १९ औं अनसन

डा. केसीले जुम्लाबाट सुरु गरे १९ औं अनसन

जुम्ला भदौ २९ गते । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा.गोविन्द केसी जुम्लामा अनसन बसेका छन् । उनले जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका हुन्। नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र ओली सरकारको लुटतन्त्र तानाशाही तन्त्रविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा.गोविन्द केसीले बताए ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम संचालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश नं २ र गण्डकी प्रदेश तथा डोटी,डेडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाइनुपर्ने माग राखेका छन्।

आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संसोधन गरिनुपर्ने लगायतका मागहरु राखेर डा.केसीले अनसन सुरु गरेका हुन् । उनले १६ औं सत्याग्रह पनि जुम्लामा गरेका थिए । पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनसन बस्न वाध्य भएको बताए ।

प्रतिक्रिया