टिचिङमा जाने तयारीमा रहेका केसीलाई ‘अपहरण शैली’ मा ट्रमा सेन्टर लगियो

टिचिङमा जाने तयारीमा रहेका केसीलाई ‘अपहरण शैली’ मा  ट्रमा सेन्टर लगियो

काठमाडौँ असाेज ६ गते । चिकित्सा क्षेत्र सुधारको माग गर्दै जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई  ट्रमा सेन्टरमा पुर्याइएको छ। सोमबार नेपालगञ्ज आइपुगेका डा. केसीलाई बुद्ध एयरको नियमित उडानबाट मंगलबार काठमाडौँ ल्याइएको हो। आफूले काम गरेर अवकाश पाएको त्रिवि शिक्षण अस्पताल टिचिङमा बसेर सत्याग्रह गर्ने तयारी गरिरहेका केसीलाई प्रहरीले ट्रमा सेन्टरमा लगेको हो। 

डा. केसीको चाहना विपरित सुरक्षाकर्मीले ट्रमा सेन्टरमा लगेको उनका सहयोगी प्रीतम सुवेदीले जानकारी दिए। ‘डा. केसीलाई अपहरण शैलीमा सुरक्षाकर्मीले विमानस्थलबाट ट्रमा सेन्टरमा लगेका छन्’, सुवेदीले भने।जुम्लाको एक मन्दिरमा अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई काठमाडौँ ल्याइएको हो। नेपालगञ्जमा उपचार गर्न नमानेका केसीले काठमाडौं आएर पनि अनशनलाई निरन्तरता दिएका छन्।  डा. केसी महाराजगन्जस्थित शिक्षण अस्पतालमा अनशन जारी राख्ने तयारीमा थिए। ९ दिनदेखि अनशनरत डा. केसीले आफ्ना माग पूरा नहुन्जेल अनसन नतोड्ने अडान राख्दै आएका छन्।   अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया