मर्यादित महिनावारीबारे धामी पुजारी र राजनीतिक दलसँग अन्तरक्रिया

मर्यादित महिनावारीबारे धामी पुजारी र राजनीतिक दलसँग अन्तरक्रिया


दैलेख असोज ११ गते । दैलेखको महाबु गाउँपालिका–२ वडाखोलामा मर्यादित महिनावारीबारे धामी पुजारी र राजनीतिक दलसँग अन्तरक्रिया गरिएको छ । राधा पौडेल फाउन्डेशनको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी परियोजनाको आयोजनामा अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा मर्यादित महिनावारी, महिनावारी व्यवस्थापनबारे छलफल गरिएको थियो । महिनावारी मर्यादित बनाउन धामी पुजारीहरुको भूमिकाबारे समेत छलफल गरिएको बताईएको छ ।


यसैबिच राधा पौडेल फाउन्डेशनको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी परियोजनाको आयोजनामा शनिवार महाबु गाउँपालिका–२ वडाखोलाका परम्परागत टेलर्स सञ्चालकहरुलाई मर्यादित महिनावारी तथा सेनेटरी प्याड निर्माण सम्बन्धि तालिम प्रदान गरिएको छ ।

प्रतिक्रिया