महिला संसादहरुले भने ‘१६ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्छ’

महिला संसादहरुले भने ‘१६ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्छ’

काठमाडाैं असाेज १२ गते । महिला सांसदहरूले १६ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन् । संघीय संसदमा रहेका सबै दलमा आवद्ध महिला सांसदहरुले बालिका बलात्कारमा संलग्नलाई मृत्युदण्ड वा नपुंसक बनाउनुपर्ने बताएका हुन् । त्यसका लागि संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धि अभिसन्धी संसोधन गर्नेतिर जानुपर्ने उनीहरुले बताए ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले १६ वर्ष मुनिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने गरी कानुन बनाउन सरकारलाई सिफारिस गर्ने प्रस्ताव गरिन् । शान्ता चौधरीले नेपालको सन्दर्भमा मृत्युदण्ड दिने कि नपुंसक बनाउने भनेर छलफल गर्नुपर्ने बताइन् ।सांसद शान्ति माया पाख्रिनले २१ वर्ष मुनिका महिलालाई बलात्कार गरे फाँसी हुने कानुन चाहिने बताइन् । सांसद बिमला राई पौड्यालले जनप्रतिनिधिले मिलापत्र गराउदा धेरै घटना बाहिर नआएको बताइन् । जारी छलफलमा ३० सांसद सहभागी छन् ।

प्रतिक्रिया