अहिलेसम्कै उच्च ४ हजार ३६४ जनामा कोरोना संक्रमण : १२ जनाको मृत्यु

अहिलेसम्कै उच्च ४ हजार ३६४ जनामा कोरोना संक्रमण : १२ जनाको मृत्यु

काठमाडौं असाेज २२ गते । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्कै उच्च चार हजार ३६४  जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा ९८ हजार ६१७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५९० पुगेको छ।  नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार ७१७  जना रहेका छन् भने होम आइसोलेसनमा १४ हजार ९४७ जना छन्। 

प्रतिक्रिया