शिक्षामन्त्री पोखरेलमा कोरोना संक्रमण पुष्टि
काठमाडौं असाेज २५ गते । शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्यमा समस्या आएपछि स्वाब दिएका मन्त्री पोखरेलको रिपोर्ट आइतबार पोजिटिभ आएको हो । लक्षणसहितको संक्रमण देखिएकाले मन्त्री पोखरेल अहिले पाटन अस्पतालको आइसोलेसनमा रहेको उनका स्वकीय सचिव पुरन केसीले जानकारी दिए । पर्यटनमन्त्री योगेश भट्टराईसमेत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया