म बालिका हुँ


हो म बालिका हुँ तर कोमल नौनी हैन
जुन सवैले छोएर मज्जा लिउन
हो म बालिका हुँ तर कोमल फुल हैन
जसले जसरी जहाँ पनि चुडेर सिउरीन सकुन
हो म बालिका हुँ तर गुडिया हैन
जुन विक्रीका लागि प्रत्येक कस्मेटिक पसलमा सजाएको होस
हो म बालिका हुँ तर मुलाइम रुइ हैन
जुन मानिसले समान वनाएर प्रयोग गरोस
हो म बालिका हुँ तर मनोरजनको साधन हैन
जुन रगमञ्चमा सजाइयोस
हो म बालिका हुँ त्यसैले कडा चट्टान हुँ
मजवुद छु निडर छु त्यसैले त भन्छु
मलाइ कम्जोरीको सज्ञा नदेउ
समान व्यवहार मजवुद वनाएर लेउ
सन्दर्भ अन्तराष्टीय वालिका दिवश
प्रतिक्रिया