मामिला व्यवस्थापन सम्बन्धी एक दिने अभिमुकिकरण सम्पन्न

मामिला व्यवस्थापन सम्बन्धी एक दिने अभिमुकिकरण सम्पन्न

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित एकीकृत परियोजना अन्तर्गत दैलेख जिल्लाका दस वटा गा.वि.स का गाउँ बाल संरक्षण तथा सम्बर्धन उपसमितिका २४ जना पदाधिकारीहरुलाई मामिला व्यवस्थापन सम्बन्धी एक दिने अभिमुकिकरण सम्पन्न भएको छ | उक्त कार्यक्रमको सहजीकरण सामाजिक सेवा केन्द्रका एकीकृत परियोजनाका फिल्ड अधिकृत बासुदेव उपाध्यायले गरेका थिए । VCPC (2) VCPC (1)
जोखीममा रहेका बालबालिकाको पहिचान , दर्ता ,स्याहार योजना निर्माण , घर भ्रमण र जोखिमको प्रकिर्ति अनुसार सेवप्रदायक निकायमा गरिने सिफारिस प्रणालीको बारे तालिममा छलफल गरिएको थियो | स्थानीय तहको बालबालिका लक्षित बजेटको कसरी उपयोग गर्ने भन्ने बिषयमा समेत तालिममा छलफल गरिएको थियो | तालिमको समापन कार्येक्रममा बोल्दै पिलाडी गाउँ बाल संरक्षण तथा सम्बर्धन उपसमितिका संयोजकले तालिमले बालबालिका लक्षित बजेटको उचित खर्च ब्वाथापनमा सहयोग पुग्ने बताएकाछन | भने राकम कर्णाली गाउँ बाल संरक्षण तथा सम्बर्धन उपसमितिका बाल क्लब प्रतिनिधिले क्लबको योजना निर्माण र क्रियाकलाप संचलानमा स्पस्ट भएको बताए कि छन |

प्रतिक्रिया