तेइस वर्षपछि पिएचसीमा डाक्टर पुगे

तेइस वर्षपछि पिएचसीमा डाक्टर पुगे

ज्वाला सन्देश सम्वाददाता
दैलेख, प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको २३ वर्षपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा डाक्टरले पहिलो पाइला टेकेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पाइला टेक्ने डाक्टर हुन् विकास शाह । डाक्टर आउने दिनलाई कुरेर वसेका त्यहाँका स्थानीय बासीले डाक्टरलाई फुलमाला लगाएर स्वागत गरेका थिए ।

तपाई स्वागत छ । स्वागतपछि सामुहिक तस्वीर खिचाउँदै डाक्टर विकास शाह ।
तपाई स्वागत छ ।
स्वागतपछि सामुहिक तस्वीर खिचाउँदै डाक्टर विकास शाह ।

स्वागतमा डाक्टर शाहले भन्नुभयो,“मैले आज पाएको मायालाई सधै भरि पाई रहुन । अधिकाँश डाक्टर दुर्गममा जान मान्दैनन् । तर म त्यसो होइन् । स्वास्थ्य केन्द्रमा आउने डाक्टर नै हो । अरु होइन । त्यसैले मलाई तपाईको सहयोग चाहिन्छ ”। स्वास्थ्य सेवाको पहुँच जनता समक्ष पु¥याउने उद्देश्य तत्कालिन स्वास्थ्य मन्त्री एवं पुर्व राष्टपति रामवरण यादवले २०५ वटै निर्वाचन क्षेत्रमा स्वास्थ्यका लागी बजेट विनियोजनबाट भवन निर्माण गरिएको हो । तर विडम्बना यादव स्वास्थ्यमन्त्रीबाट राष्ट्रपति भइसक्दा पनि दैलेख क्षेत्र –२ लकान्द्रको प्राथमिक स्वास्थ्य केन्द्रको भवन भने हालसम्म पुरा हुन सकेको छैन् । २०४९ सालमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको थियो ।
यादव स्वास्थ्य मन्त्री हुँदा प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रको भवन निर्माणका लागी बजेट विनियोजन गरिएको थियो । तत्कालिन स्वास्थ्य मन्त्रीबाट यादव राष्ट्रपति पदमा पुग्नु भयो । तर स्वास्थ्य मन्त्री हुँदा उहाँले लिनु भएको लक्ष्य भने अझै अधुरो रहेको छ ।
पश्चिम १३ वटा गाविसका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ०५९ साल असोजदेखी भवन निर्माण गर्न थालिएको थियो । नत प्राथमिक स्वास्थ्य केन्द्रको भवन बन्यो,नत उहाँले ल्याएको विशेष सेवाबाट ग्रामिण भेगका जनताले सुविधा पाउन सके,नेपाली काँग्रेसका गाउँ कार्यसभापति नामबहादुुर शाहीले बताउनुभयो । डाक्टर सहित ११ जनाको दरवन्दी भएको केन्द्रमा मेडिकल अधिकृतले डाक्टर विकास शाहले पहिलो पाइला टेकेका छन् । अहेवको भरमा प्राथमिक स्वास्थ्य केन्द्र चलेको थियो । डाक्टर आएको सुनेपछि विरामीको चाप बढेको स्थानीयबासी रक्षबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो,डाक्टर आएको सुनेपछि विरामीको सँख्या बढेको छ ।
स्वास्थ्य केन्द्रको भवन निर्माण गर्नका लागि बोलपत्र मार्फत किसान कन्ट्रक्सनले ७० लाख २५ हजार तिन सय ३९ रुपैया लागतमा ठेक्का पारेको थियो । निर्माण कार्य अन्तिम चरणमा पुगेपनि मजदूरले ज्याला नपाएका कारण भवन अधुरो भई समुदायमा हस्तान्तरण हुन नसकेको स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष धिरबहादुर शाहीले बताउनुभयो ।
ठेकेदारको लापरवाहीका कारण निर्माण नहुँदै भवन जिर्ण बनेको छ । प्राविधिक र ठेकेदारको मिलेमत्तोमा अधुरो रहेको भवन पुरा भएको झुठो प्रतिवेदन पेश गरि रकम भुक्तानी लिएकाले भवन अलपत्र परेको स्थानीय दिलबहादुर रावतले बताउनुभयो । ‘निर्माण कार्य पुरा नभएकाले स्वास्थ्य केन्द्रको २ कोठे शौचालय ,दुइवटै भवन गाई गोठमा परिणत भएका छन्, । निर्माण नहुँदै जीर्ण भएपछि समुदायमा हस्तान्तरण भएको छैन् ।
भवन निर्माण नहुँदै जीर्ण भएपछि आवासिय भवनमा स्वास्थ्य केन्द्र सञ्चालन गर्नुपर्ने बाध्यता भएको गरिएको ग्रामिण स्वास्थ्य कार्यकर्ता भद्रबहादुर शाहीले बताउनुभयो ।
नेकपा एमालेका युवा नेता
प्राथमिक स्वास्थ्य केन्द्र भवन बर्षौ वितिसक्दा पनि समुदायमा हस्तान्तरण नहुनु नेपाल सरकारले नागरिकको सपनामाथि खेलवाड गरेको बताउनुभयो । उहाँले भन्नुभयो,राज्यसत्ता पंचायतीशैलीमा चलेको छ ,गणतन्त्र शहरका लागी आएको छ । गाउँमा शिक्षा स्वास्थ्य र सुरक्षा सपनाको फल भएकोले राष्ट्रपतिको योजना समेत कमिसन र लापरवाहीका कारण असफल भएको हो,उहाँले आक्रोस पोख्नुभयो ।

तस्वीर ः भक्तबहादुर शाही ÷दुल्लु,

प्रतिक्रिया