सुर्खेतमा कोरोना संक्रमित महिलाको मृत्यु

सुर्खेतमा कोरोना संक्रमित महिलाको मृत्यु

दैलेख कात्तिक ४ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ की ८६ बर्षिया महिलाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएको छ । ती महिलालाई ज्वरो र खोकीको लक्षण सहित गत असोज ३० गते कर्णाली प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । कात्तिक १ गते पीसीआर परिक्षणका लागि स्वाब नमुना लिई प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा पठाईएको थियो । सोहि दिन आएको पीसीआर रिपोर्टमा ती महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोभिड–१९ सघन उपचार कक्षमा सारिएको थियो । उपचारको क्रममा सुधार नआएपछि मंगलवार दिउँस १ बजे उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए । उनि कर्णाली प्रदेशमा कोभिड–१९ को संक्रमण पुष्टि भएका चौधौँ मृतक हुन् ।

प्रतिक्रिया