२ हजार ७ सय ५३ जनामा कोरोना पुष्टि, २२ सय ६ जना डिस्चार्ज

२ हजार ७ सय ५३ जनामा कोरोना पुष्टि, २२ सय ६ जना डिस्चार्ज

काठमाडौं कात्तिक २२ गते ।पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै हालसम्म नेपालमा १ लाख ९१ हजार ६ सय ३६ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५५ हजार ११४ संख्या पुगेको छ । देशभरी सकृय संक्रमितको संख्या हालसम्म ३५ हजार ४३५ छ ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १५ लाख २७ हजार ७६६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १४४जना रहेका छन् ।

प्रतिक्रिया