नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, मृतकको संख्या ११ सय ७४ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, मृतकको संख्या ११ सय ७४ पुग्यो

फाइल तस्बिर।

काठमाडौं : नेपालमा कोरोना भाइरस -कोभिड-१९) संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो । उनीहरुमध्ये ११७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८ हजार ३९३ जना होम आइसोलेसनमा छन् भने ३८२ जनाको आईसीयू र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १२६१ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ९७६ जना, ललितपुरका २०४ र भक्तपुरका ८१ जना छन् ।मोरङका १६८ जना, कास्कीका १३०, सुनसरीका ११८, दाङका १०५, झापा र धनुषाका ९८/९८ जना, रुपन्देहीका ७३, काभ्रेका ५५, नुवाकोटका ४१, मकवानपुर ३७, पाल्पाका ३१, कैलालीका २९, बाग्लुङ, अर्घाखाँचीका २२, पाँचथरका २०, सिन्धुपाल्चोक र तनहुँका १८/१८ जना, उदयपुर, गोरखा, बाँकेका १७/१७ जना, सिराहा र पर्वतका १६/१६ जना, चितवन र दोलखाका १५/१५ जना, नवलपरासीका १४, सप्तरीका १२, बर्दियाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धादिङ, रामेछाप र रोल्पाका ९/९ जना, संखुवासभा, गुल्मी र कञ्चनपुरका ८/८ जना, रौतहट र सल्यानका ७/७ जना, बारा, दैलेख र डोटीका ६/६ जना, ताप्लेजुङ, पर्सा, सर्लाही, सिन्धुली, नवलपुर, स्याङ्जा, प्युठानका ५/५ जना, इलाम, महोत्तरी, कपिलवस्तु र जुम्लाका ४/४ जना, भोजपुर, सोलुखुम्बु र रसुवाका ३/३ जना, कालीकोट, जाजरकोट, सुर्खेत र डडेलधुराका २/२ जना तथा खोटाङ, धनकुटा, लमजुङ, डोल्पा र दार्चुलाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ७४

नेपालमा एकैदिन २६ जनाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा कोरोनाबाट २६ जनाको मृत्यु भएको जनाएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ।

प्रतिक्रिया