राष्ट्रपतिद्वारा औषधि अध्यादेश जारी, खोप ल्याउन कानुनी सहजता

राष्ट्रपतिद्वारा औषधि अध्यादेश जारी, खोप ल्याउन कानुनी सहजता

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि अध्यादेश जारी गरेकी छन् । कोरोना भाइरस (कोभिड- १९)को औषधि पत्ता लागेपछि नेपालमा आयातका लागि कानुनी प्रतिकूलता नहोस् भनेर सरकारले अध्यादेश सिफारिस गरेको थियो ।राष्ट्रपति भण्डारीले ‘औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७’ बुधबार जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको अध्यादेशसम्बन्धि विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७७ साल मंसिर ३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ ।’

अध्यादेश जारी भएपछि कोरोनाको खोप आयात गर्नका लागि सहज हुने बताइएको छ ।संसद् अधिवेशन नभएको अवस्थामा सरकारले तत्काल कानुन जारी गर्नुपर्ने भए अध्यादेश ल्याउने गरेको छ । यसरी जारी भएको अध्यादेश आगामी संसद् अधिवेशनबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया